Mero Digital Desh

Search
Close this search box.

Services

Home / Services

सेवाहरु

यस संस्थाले दैनिक सय भन्दा बढी काम तथा सेवाहरु अपडेट गर्न सक्ने नयाँ टेक्नोलोजीको रूपमा यो साईड विकास गरी मोबाइल एपबाट पनि सेवा प्रदान गर्नेछ । विभिन्न इन्टरनेट डिजिटल र स्मार्ट सेवाबाट सबै खालको वस्तु तथा सेवा अनलाइन किनमेल गर्न सजिलै सकिन्छ ।

कैलाली जिल्ला भरी मात्र नभई देशभरि डेलिभरी लिन वा दिन सकिन्छ । शैक्षिक क्षेत्रको विकास, औषधी र खानेकुराको अर्डर सर–सामानको किनबेच सामान ढुवानी होटल बुकिङ सर्भिस र विज्ञापन व्यवस्थापन तथा अन्य थुप्रै सेवाहरु MDD ले आफ्नो वेबसाइट मोबाइल एप तथा सोसियल मिडिया अनलाइन र अफलाइन मार्फत दिन सक्नेछ । बदलिँदो परिवेशमा अनलाइन तथा इन्टरनेटको माध्यमबाट सबै संघ संस्थाहरुलाई एकैठाउँमा जोडी आफ्नो स्थानलाई व्यवसायिक रुपमा परिचय दिन सकिन्छ । रोजगार र कामदार खोजिरहेको दुबैको एक थलो हुनेगरी MDD साइटहरुमा कामका लागि सहजीकरण हुनेछ । कैलालीको कृषि उपज उत्पादन वृद्धि गरी वैज्ञानिक बजारीकरणमा MDD ले सहजीकरणका साथै काम पनि गर्ने छ ।

साना तथा ठूला व्यवसायी र उत्पादनहरु MDD को विभिन्न अनलाईन मार्फतबाट सिधै सम्पर्कमा रहेर कारोवार गर्न सकिनेछ । डिजिटल विज्ञापन गर्ने सजिलो माध्यम हो ।MDD को विभिन्न अनलाईन माध्यम रहेको हुँदा विज्ञापन को आधारले सिधै व्यवसायीसँग सम्पर्क राख्न सकिने छ ।MDD मेरो डिजिटल देश ई–कमर्स मार्केटिङ्ग, डिजिटल मार्केटिङ्ग, सोसियल मिडिया मार्केटिङ्ग र विभिन्न अनलाईन विज्ञापन व्यवस्थापन सम्बन्धी काम गर्ने संस्था हो । हामीले यसै बुँदालाई विशेष मध्यनजर राखी वार्षिक सदस्य लिई विभिन्न सुविधा सहित व्यापार व्यवसायी संघ संस्थाका लागि भनी सजिलो माध्यम लिएर आएका छौं ।

सम्पूर्ण व्यावसायीहरुका हरेक व्यापार अनलाईन मिडियासँग जोडी व्यवसायलाई डिजिटल माध्यमबाट अझै मजबुत बनाउनुहोस । अधिकांश ठूला शहरका व्यवसायीहरूले आजको समयमा ग्राहकहरुलाई सहजीकरण र व्यवसाय बढाउन सामाजिक सञ्जाल प्रयोग गर्ने र सिस्टमलाई डिजिटल बनाई दुवै पक्षलाई सजिलो हुनेगरी आधुनिक प्रविधि प्रयोग गरेको यहाँहरुलाई अवगत नै छ ।

ग्राहकहरुलाई डिजिटल प्रविधिद्वारा व्यवहार, महत्व र वास्तविक उत्पादन के हो भनी किनमेल गर्न खोज र जानकारी आदान–प्रदान गर्ने तरिकाहरु परिवर्तन हुँदै गइरहेको छ । ग्राहकवर्गका लागि भनी विभिन्न किसिमका अनलाईन सुधार गर्न संघ संस्थाहरूले ग्राहकहरूलाई खरिद गर्ने विषयमा मद्दत गर्न डिजिटल प्रविधि प्रयोग गर्दै आइरहेका छन् ।
MDD संस्थासँग सजिलो माध्यमबाट वार्षिक सदस्यता लिनुहोस् र धेरै भन्दा धेरै ई–कमर्स सिस्टम र डिजिटल प्रविधिबाट आफ्नो व्यापार र व्यवसाय बढाउनुका साथै भरिपूर्ण डिजिटल लाभ लिनुहोस् ।

वार्षिक सदस्यता शुल्क रु. २५०० मात्र

Scroll to Top